‘भारतलाई ठुल्दाइ मान्ने कांग्रेसलाई जनताले हराए’



दाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले अहिलेको निर्वाचन मार्फत जनताले भारतलाई ठुल्दाइ मान्नेहरुलाई अस्वीकार गरेको बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर दाङ्ग शाखाले घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संबिधान जारी भए पश्चात नेपालमा भारतलाई ठुल्दाई मान्ने-नमान्ने बिषयमा बहस भएको र निर्वाचनका माध्यमबाट जनताले भारतलाई ठुल्दाई मान्ने शक्तिलाई परास्त गरेको बताए ।

वाम दलहरु भारत र चीनसँग समान सम्बन्ध राख्ने पक्षमा रहेको दावी गर्दै नेता पोखरेलले जनताले पनि बाम दलहरुलाई साथ दिएको बताए ।

निर्वाचनका बेला कांग्रेसले वाम गठबन्धनले जिते रुनै पाइन्न भनेर अनर्गल प्रचार गरेको भन्दै उनले जनताले निर्वाचनका माध्यमबाट कम्युनिष्ट पार्टीलाई असल लोकतन्त्रवादी प्रमाणित गरेको बताए ।

सरकार नैतिकताका आधारमा कामचलाऊ भइसकेको दावी गर्दै नेता पोखरेलले कामचलाउको हैसियतमा पुगिसकेको सरकारले प्रदेश प्रमुख तोक्न खोज्नु गलत भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्