वाम गठबन्धन सरकारले आर्थिक क्रान्तितर्फ लैजान्छ: कृष्णगोपाल श्रेष्ठ



काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले वाम गठबन्धन नेतृत्वको सरकारले जनताको चाहना सम्बोधन गरी मुलुकलाई अब आर्थिक क्रान्तितर्फ लैजाने बताउनुभएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि दहचोक तथा त्यस आसपास क्षेत्रका स्थानीयसँगको भेटघाट (घरदैलो) कार्यक्रमपछि आज आयोजित सभामा उहाँले जनताले उक्त गठबन्धनप्रति गरेको विश्वास र भरोसालाई कायम राख्ने प्रतिबद्धता जनाउनुभयो ।

नेता श्रेष्ठले निर्वाचन अगाडि संयुक्त वाम गठबन्धनद्वारा जारी गरिएको चुनावी घोषणापत्र कार्यान्वयन गरिने बताउनुभयो । उहाँले काठमाडौं कलंकी तथा कलंकी बल्खु खण्डको सडक विस्तारको कार्यले त्यस क्षेत्रका जनतालाई धुवाँ, धुलो, प्रदूषणको समस्या भएकोमा चिन्ता व्यक्त गर्दै उक्त सडक निर्माण कार्यलाई चाँडो पूरा गर्ने विषयलाई प्राथमिकता दिने बताउनुभयो ।

स्थानीय विकास तथा पूर्वाधार निर्माणका क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्