लमजुङ । लमजुङमा पहिलो चरणमा सम्पन्न निर्वाचनमा प्रतक्ष तर्फ करिब पाँच हजार मत बदर भएको छ । प्रतिनिधी र प्रदेशसभा गरी चार हजार नौ सय ३७ मत बदर भएको छ ।
एकलाख १५ हजार चार सय ४९ मत रहेको जिल्लामा प्रतिनिधी सभा सदस्यका लागि मात्रै ७७ हजार एकसय ६४ मत खसेको थियो । जसमा दुई हजार पाँच सय ८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदाता शिक्षा प्रभावकारी नभएका कारण बदर मत बढेको बताइएको छ । जिल्लामा निर्धारित तालिका अनुसार मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसकिएकाले मतदाता शिक्षा प्रभावकारी हुन नसकेको जिल्ला निर्वाचन कार्यालयको दावी छ ।
५४ हजार आठसय ९७ मतदाता रहेको प्रदेशसभा ‘क’ मा ३६ हजार आठसय ७१ मत खसेको थियो भने एक हजार चार सय ७४ मत बदर भएको थियो । ६० हजार पाँच सय ५२ मत रहेको प्रदेशसभा ‘ख’ मा ४१ हजार दुईसय ७२ मत खसेको थियो भने आठसय ७८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।