गोरखा २ ‘ख’ मा कांग्रेसका दवाडीले बाजी मारे



गोरखा । गोरखा क्षेत्र नं.२ प्रदेशसभा ‘ख’ बाट काग्रेस उम्मेदवार प्रकाश दवाडी विजयी भएका छन् ।

दवाडीले निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार अमर तमुलाई २४४२ मतले पराजित गर्दै विजयी भएका हुन् ।

कांग्रेस महासमिति सदस्य समेत रहेका दवाडीले १५८५३ मत प्राप्त गरेका छन् भने तमुले १३४११ मत प्राप्त गरेका छन् ।

युवा व्यवसायी रहेका दवाडी एकदमै मिजासिला व्यक्ति हुन् । उनी लामो समयदेखि गोरखामा समाजसेवामा लागेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्