रुकुम पुर्वमा बिजय सभा !



धनवीर दाहाल, रुकुम पुर्व । रुकुम पुर्वका प्रतिनिधि सभा सदस्य कमला रोकाले नयाँ जिल्लालाई नमुना बनाइने प्रतिबद्धता जनाउनुभएको छ । शनिबार रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा भएको बिजय सभालाई सम्बोधन गर्दै उहाँले जनताले ठुलो बिश्वासका साथ आफुलाई जिताएकोले जनताको निर्देशन अनुसार मात्र आफु अगाडी बढ्ने उहाँको धारणा छ । नयाँ जिल्ला भएकोले रुकुम पुर्वमा गर्नुपर्ने काम धेरै भएकोले अव घोषणा पत्रमा उल्लेख भएका प्रतिबद्धतता कार्यान्वनमा आफु खट्ने बताउनुभयो । बिजय सभामा प्रदेश सभा क्षेत्र नं १ का प्रदेश सभा सदस्य तेजबहादुर ओली र क्षेत्र नं २ का प्रदेश सभा सदस्य पुर्ण घर्तीले पनि नयाँ जिल्लालाई नमुना बनाउने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा माओबादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य गणेशमान पुन, नेकपा एमालेका केन्द्रीय सदस्य खेममान खड्का , एमाले नेता नन्दलाल शर्मा, माओबादी केन्द्रका नेता एवं पुर्व मन्त्री दलजित श्रीपाली लगाएतले रुकुम पुर्वको विकासको बारेमा आ आफ्नो धारणा राख्नुभएको थियो । साथै उहाँहरुले पार्टी एकता भएरै छाड्ने र अव पार्टी एकतामा शंका नगर्न आग्रह गर्नुभएको थियो । “देशभर बाम गठबन्धनको बिजय लहर आइरहेकोले यो जनताको चाहना भनेको एमाले र माओबादी एउटै पार्टी बनाउनुपर्छ भन्ने हो” उहाँहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्