रामशरण महतको हार्ने संकेत, वाम गठबन्धनको अग्रता कायमै



काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा वाम गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले कांग्रेस उम्मेदवार तथा डा।रामशरण महतलाई सुरुदेखि नै पछाडि पारिरहेका छन् ।

६९ हजार आठसय मत खसेको नुवाकोट क्षेत्र नम्बर–२ मा २६ हजार बढी मतगणना भइसकेको छ । तामाङले १४ हजार एक सय ८३ मत पाएका छन् ।

कांग्रेसका उम्मेदवार डा।महतले ११ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्