चुनाव हारे पनि रविन्द्रले भने, “गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो”



नेपाल समाचारपत्र, काठमाडौँ ।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्र कांग्रेसका प्रकाशमान सिंहसँग ८१९ मतले पराजित भएका छन् ।मिश्रले १०, ११८ मत पाएका थिए उनले मतदाताहरुलाई धन्यवाद दिए र अन्तिम मत परिणाम सार्वजनिक भएपछि मिश्रले कांग्रेस नेता सिंहलाई फोन गरेर नै बधाइ दिएका छन् ।

मिश्रले भने(“’नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा सम्भवतः कुनै पनि पार्टी यसरी राजनीतिमा उदाएको थिएन, अब देशभरी अभिव्यक्त सद्भावलाई संगठनमा बदलेर अर्को चुनावपछि देशको नेतृत्व गर्न आफूहरुलाई तयार पार्नु हाम्रो चुनौती हो ।”आउँदा दिनहरुमा यस्तै मतदाताको उत्साह र सहयोगको अपेछा गर्दै उनले थपे – ‘गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्