एक हजार तीन सय सवारी नियन्त्रणमा



नेपाल समाचारपत्र
काठमाडौं
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दोस्रो चरणको निर्वाचनका क्रममा बिहीबार राजधानीमा सरकारी नियम उल्लंघन गर्ने १ हजार ३ सय सवारीसाधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले बताएको छ।
जसमध्ये १ हजार २ सय मोटरसाइकल र १ सय चारपांग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले जानकारी दिनुभयो।

चारपांग्रेअन्तर्गत ट्याक्सी र मिनीबसलाई नियन्त्रणमा लिइएको हो। ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मरासिनीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘निर्वाचन प्रयोजनविपरीत सवारी चलाउने राजधानीका विभिन्न स्थानबाट चेकजाँचका क्रममा सवारीलाई समातेर कारबाही गरिएको हो।

प्रतिक्रिया दिनुहोस्