सिके राउत र जयकृष्ण गोइतको क्षेत्रमा मत नै खसेन



नेपाल समारपत्र काठमाडौ ।
सप्तरीको महदेवा गाउँपालिकाको महदेवास्थित प्रावि केन्द्रमा विहीबार मध्यान्हसम्म कुनै पनि मतदाताले मतदान नगरेको मतदान अधिकृत धनेश्वर साहले बताएका छन् ।

मतदान गराउने कर्मचारी र सुरक्षाकर्मीहरु बिहानैदेखि यहाँ तयारी अवस्थामा बसे पनि कुनै मतदाता मत खसाल्न नआएको उनले बताए । यो मतदान केन्द्रमा ९ सय ६० मतदाता छन् । स्थानीय मतदाता रामचरित्र मण्डलले यत्रो दिन मत खसाले पनि जितेकाहरुले कुनै चासो नलिएको र गाउँको विकासमा ध्यान नदिएकाले यसपटक मतदान नगरेको बताए । उनले पुरै गाउँलेको निर्णयमा कसैले पनि मतदान नगरेको सुनाए ।

प्रतिक्रिया दिनुहोस्