धर्मकीर्ति विहारद्वारा बंगलादेशी मन्त्रीको स्वागत



नेपाल समाचारपत्र
काठमाडौं
र्मकीर्ति विहारले बंगलादेश चिटगाउँका मन्त्री वीरबहादुर युसोय सिंहलाई स्वागत गरेको छ। नेपाल भ्रमणमा रहनुभएका उहाँलाई विहारका भिक्षुणी धम्मवत्ती गुरुमाले विशेष स्वागत गर्नुभएको हो।

विहारमा सोमबार आयोजित एक कार्यक्रममा विहारका गुरुमाले उहाँलाई स्वागत गर्दै दुई देशबीच सुमधुर सम्बन्ध कायम भएर शान्ति फैलियोस् भन्दै बुद्ध पूजा र पुण्य अनुमोदनसमेत गर्नुभयो।

कार्यक्रममा बंगलादेशका मन्त्री सिंहले दुई देशबीचको संस्कृति एकआपसमा मिल्ने भएकाले मिलेर सँग–सँगै जानुपर्ने बताउनुभयो। उहाँले सो कार्यक्रममार्फत् विश्वमा शान्ति फैलियोस् भन्दै कामनासमेत गर्नुभएको थियो।

कार्यक्रममा धर्मकीर्ति विहार संरक्षण कोषका कार्यकारिणी सदस्य नवीन चित्रकारले बंगलादेशसँग विहारको सम्बन्ध विहारको स्थापनाकालदेखि राम्रो भएकाले सम्बन्ध अनन्तकालसम्म निरन्तरता होस् भन्ने कामना गर्नुभयो।

कोषका सचिव प्रफुल्ल कमल ताम्राकारले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषका कोषाध्यक्ष अजयरत्न स्थापितले बंगलादेशी मन्त्रीलाई विहारमा आउनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा नेपालका लागि बंगलादेशी राजदूत मास्फी विन्टे स्याम्स, बंगलादेशी सचिव अजितवरण सरकार र उपसचिव सुदत्त चक्माको समेत उपस्थिति थियो। त्यस्तै सो कार्यक्रममा कोषका उपाध्यक्ष द्रव्यमानसिंह तुलाधार, उपाध्यक्ष भिक्षुणी धम्म डिनाको पनि उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्