निर्वाचनपछि कम्युनिस्टको बहुमतीय सरकार बन्छः दाहाल

0
Shares

चितवन । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार बन्ने दाबी गर्नुभएको छ ।

शनिबार बिहान पश्चिम चितवनको शिवनगरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बहुमतको सरकार बनेपछि मात्रै राजनीतिक स्थिरता कायम हुने बताउनुभयो । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष दाहालले अहिलेको वाम गठबन्धन चुनावका लागि मात्रै नभई कम्युनिष्ट एकताका लागि भएको उहाँको बताउनु भयो ।

उहाँले एउटा बलियो कम्युनिष्ट केन्द्र बनाउने योजनाका साथ पार्टी एकता संयोजन समिति निर्माण गरेर अगाडि बढेको अध्यक्ष दाहालको भनाई छ ।