उम्मेदवारी दर्ता गर्दा आफ्ना समर्थकलाई नचिन्ने प्रचण्ड कस्ता नेता ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गर्दा आफ्ना समर्थकलाई नचिने पछि आज हाँसोको पात्र बनेका छन । बलियो सुरक्षा व्यवस्थासहित उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय गएका प्रचण्डले आफ्नो उम्मेदवारी दिंदा समर्थक बसेका राम्जीलाई नचिनेका हुन । उनका प्रस्तावक अमिक शेरचन थिए भने समर्थक राम्जी नामका व्यक्ति थिए। प्रचण्डले राम्जी कहाँको, को हो भनेर अनकनाउन थालेपछि पछाडि रहेका समर्थक रामजीले आफू भएको जानकारी दिएपछि प्रचण्डले ‘ए तपाईँ रामजी हो? मैले त चिनिन भन्दै हात मिलाएका थिए । उम्मेदवारी दर्ता गर्दा हस्ताक्षर गर्न नपर्ने भन्दै प्रचण्ड अल्मलिएका पनि थिए ।

 

प्रतिक्रिया दिनुहोस्