बिष्णुप्रसाद भण्डारी, अछाम ।
बाजुराको बडिमालिका दर्शनका क्रममा लेक लागेर मृत्यु भएका मेल्लेख गाउँपालिका–५ का वडाअध्यक्ष रामबहादुर बोहराको शव चार दिनपछि आज अछाम ल्याइएको छ । शनिबार बेलुकी लेक लागेर मृत्यु भएका वडा अध्यक्ष बोहराको शव आज सेनाको हेलिकप्टरबाट अछाम ल्याइएको हो । बोहराको आजै बुढीगंगामा दाहसंस्कार गरिने तयार रहेको अछामका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो ।
बोहराको शव हेलिकप्टर मार्फत षोडशा स्थित नन्देश्वरी माविमा अवतरण गरिएको थियो । मेल्लेखबाट षोडशा पुग्न करिब दुई घण्टा पैदल समय लाग्ने गर्दछ । मौसममा खराबी, साँघुरो बाटो, हेलिकप्टर अवतरण गर्ने स्थान अभावका कारण शव ल्याउन कठिन भएको अछाम र बाजुराका सुरक्षा निकायले बताउँदै आएका थिए ।
बोहोरा दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा मेल्लेख गाँउपालिका–५ विन्देवासिनीको वडा अध्यक्ष निर्वा्चित हुनुभएको थियो । तरुण दल अछामका उपाध्यक्ष समेत रहेका मृतक बोहराका दुई छोरा एक छोरी र श्रीमती रहेका छन् ।











प्रतिक्रिया