नारायणी उपक्षेत्रीय अस्पतालमा लफडा, आकस्मिक कक्ष बाहेकको सेवा ठप्प

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
चिकित्सक माथी हातपात भएको घटनाको विरोधमा बुधबार दोश्रो दिनपनि वीरगंजको नारायणी उपक्षेत्री अस्पतालको आकस्मिक कक्ष बाहेकको सेवा ठप्प गरिएको छ ।

अस्पतालका चिकित्सक र कर्मचारीले दोषिलाई कारवाहिको माग गर्दै अस्पतालको सेवा बन्द गरेर आन्दोलित भएका हुन् । केहि दिन अघि अस्पतालको गाइनो वार्डमा कार्यरत डा. चाँदनी पाण्डे,स्टाफ नर्स ज्योति चौधरी र सुरक्षा गार्ड अफताब देवान तथा सादा पोशाकमा रहेका प्रहरी हवलदार अखिल खडकालाई उच्छ्रुङ्खल युवाहरुको समुहले हातपात गरी घाइते बनाएको घटनाको विरोधमा अस्पतालका चिकित्सक र कर्मचारीहरुले सुरक्षाको माग गर्दै सेवा ठप्प पारेर हुन् ।

घटनामा संलग्नहरुलाइ छोड्ने चलखेल भइरहेकाले कडा कारवाहिको माग गर्दै आज अस्पतालका चिकित्सक र कर्मचारीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । अस्पतालमा काम गर्ने चिकित्सक, कर्मचारीको सुरक्षाको ग्यारेण्टी गर्नु पर्ने, आगामि दिनमा यस्ता क्रियालाप हुन नदिने र दोषिलाई पक्राउ गरि कारवाहि गर्नु पर्ने माग राखेका छन् । घटनामा संलग्नलाई कारवाहि नगरि उन्मुक्ति दिए आफुहरु चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने अस्पतालका बरिष्ठ फिजिसियन डा.निरज सिंहले चेतावनि दिनुभयो । यस्ता घटना पटक पटक दोहोरिएकाले अस्पतालमा काम गर्न पनि असुरक्षित महसुस भएको उहाँको भनाइ छ ।

चिकित्सक कर्मचारीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेललाई ज्ञापन पत्र बुझाउँदै आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका थिए । ज्ञापन पत्र बुझदैै सहायक प्रजिअ पौडेलले अस्पताल जस्तो संवेदनशिल ठाउँ असुरक्षित रहनु दुखद भएको भन्दै अस्पताललाई भयरहित बनाउन कुनै कसर बाँकी नराख्ने बतानुभयो । घटनामा संलग्नहरुको पहिचान गरि कारवाहि गर्न र त्यस्ता किसिमका गतिविधि नियन्त्रणमा स्थानिय प्रहरीको संयोजनमा काम अगाडी बढाउन लगाउने बताउनुभयो ।

नारायणी उपक्षेत्रीय अस्पतालबाट विभिन्न प्लेकार्ड बोकेर निस्केको चिकित्सक, कर्मचारीको ¥यालि जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रममा परिणत भएको थियो । ज्ञापन पत्र बुझाउन मेडिकल एसोसिएसन पर्साका अध्यक्ष डा.जगदिस अग्रवाल, नारायणी उपक्षेत्रीय अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष हरी गुप्ता, नर्सिङ संघकी अध्यक्ष मुना राना लगायत चिकित्सक एवं कर्मचारीको सहभागिता रहेको थियो ।

Skip This