हाँडिगाउँमा श्रीमद्भागवत ज्ञान महायज्ञ


काठमाडौँ, १ असार । काठमाडौँ महानगरपालिकाको हाँडिगाउँस्थित धनगणेश मन्दिरमा शुक्रबारदेखि ३०औँ श्रीमद्भागवत पितृमुक्ति ज्ञान महायज्ञ हुने भएको छ ।

आध्यात्मिक परोपकार संस्थाले आयोजना गरेको उक्त महायज्ञमा पण्डित भवानन्द पौडेल (आनन्द) प्रमुखवाचक रहनुहुनेछ । उक्त महायज्ञमा सङ्कलित रकम वृद्धाश्रम र राधाकृष्ण मन्दिर निर्माणमा खर्च गरिने सो संस्थाका अध्यक्ष पण्डित बलराम पौडेलले जानकारी दिनुभयो ।

हाँडिगाउँका बासिन्दा र अन्य भक्तजनले सहयोग पु¥याउनुभएको सो महायज्ञ यही असार ८ गतेसम्म सञ्चालन हुनेछ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।