आमहडतालले जनजीवन प्रभावित


जनकपुरधाम, १ असार । राष्ट्रिय जनता पार्टीद्वारा घोषणा गरिएको आमहडतालले आज तेस्रो दिन पनि जनकपुर क्षेत्र प्रभावित भएको छ ।

आमहडतालका कारण शैक्षिक प्रतिष्ठान, बैंक, कारखाना र बजार बन्द हुनुका साथै छोटो एवम् लामो दूरीका यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

जनकपुर क्षेत्रमा इ–रिक्सा, साइकल र मोटरसाइकलमात्र सञ्चालनमा रहेका कारण सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या न्यून रहेको छ ।

सरकारी बैंकसमेत बन्द रहेका कारण सेवाग्राहीले निकै समस्या व्यहोर्नु परिरहेको छ ।

बन्दको असर सहरी क्षेत्रमा रहे पनि ग्रामीण क्षेत्रमा न्यून रहेको छ । ग्रामीण क्षेत्रका बजार खुला रहेका छन् ।

आमहडतालका कारण अहिलेसम्म कुनै पनि राजनीतिक दलद्वारा भोलि निर्धारण गरिएको उम्मेदवार मनोनयन दाखिलाका लागि उम्मेवारको नाम सार्वजनिक गरेका छैन । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।