ट्रकको ठक्करबाट महिलाको मृत्यु


नवलपरासी, १ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बेल्डियामा ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।

नवलपरासीको गैँडाकोट बेल्डियामा बुधबार साँझ ट्रकको ठक्करबाट पैदलयात्री गैँडाकोट–१३ सिख्रौलीकी ४५ वर्षीया तुलसी पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमका लागि छुटेका ना ५ ख २२११ नंको मालवाहक ट्रकले ठक्कर दिँदा पोखरेलको घटनास्थलमा नै मृत्यु भएको थियो । ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक सुवास हमालले बताउनुभयो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।