ओम अस्पतालमा रक्तदान



 

काठमाडौं, (नेस)
विश्व रक्तदाता दिवसको उपलक्ष्यमा राजधानीको चाबहिलस्थित ओम अस्पतालमा बुधवार रक्तदान कार्यक्रम आयोजना गरियो।

अस्पताल प्रांगणमा आयोजित कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्की, अस्पताल निर्देशक डाक्टर जागेश्वर गौतम, अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा कर्मचारी, ओम हेल्थ क्याम्पसका छात्रा र सर्वसाधारण गरी ८० जनाले रक्तदान गरेका थिए।

रक्तदान गर्ने पुरुषको संख्या ४२ र महिलाको संख्या ३८ रहेको थियो। कार्यक्रममा अस्पताल सञ्चालक समितिका सदस्यहरूको पनि सहभागिता रहेको थियो। मुलुकभर रगतको अभाव भइरहेको वर्तमान अवस्थामा सबै स्वस्थ्य व्यक्तिले नियमित अन्तरालमा रक्तदान गर्नु जीवनदानसरह हुने चिकित्सकहरू बताउँछन्। दैनिक जीवनमा स्वच्छ रगतको आवश्यकताबारे जनचेतना जगाउन तथा रक्तदातालाई धन्यवाद दिन प्रत्येक वर्षको जुन १४ मा विश्व रक्तदाता दिवस मनाइन्छ।

प्रतिक्रिया दिनुहोस्