भावी प्रधानन्यायाधीशको लागि न्यायाधीशहरुको नाम सिफारिस, १ नम्बरमा गोपाल पराजुली



नेपाल समाचारपत्र, काठमाडौं । न्यायपरिषद्को बैठकले भावी प्रधानन्यायाधीशको लागि न्यायाधीशहरुको नाम संबैधानिक परिषद्मा सिफारिस गरेको छ ।

सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश गोपाल पराजुली सहित योग्यता पुगेका सबै न्यायाधीशको नाम सिफारिस गरिएको छ ।

पराजुलीको नाम एक नम्बरमा राखिएको छ । पराजुली प्रधानन्यायाधीश भएमा ११ महिना कार्यकाल रहने विषयपनि न्यायपरिषद्ले खुलाएर पठाएको छ ।

न्यायपरिषद्ले पराजुलीको उमेरका सम्बन्धमा निस्किएको विवादलाई समाधान गर्दै शैक्षिक प्रमाणपत्रहरुमा भएको जन्म मिति नै कायम गरेको छ ।

न्यायपरिषद् को आज बसेको बैठकले ६ जनाको नाम सिफारिस गरेको हो ।

न्यायपरिषद्ले बरिष्ठताका आधारमा गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देबेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र जवरा, जगदीश शर्मा पौडेललाई सिफारिस गरिएको छ ।

सर्वोच्चमा तीन वर्ष काम गरिसकेका ६ जना न्यायाधीशको नाम सिफारिस गरिएको छ । न्याय परिषद्ले न्यायधीश पराजुलीको उमेरका सम्बन्धमा तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीले गरेको निर्णय समेत बदर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्