बलात्कारी बाबुलाई २३ वर्ष कैद



 

भक्तपुर, (नेस)
छोरीलाई बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले आइतबार २३ वर्ष जेल र ३ लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ।

भक्तपुर अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले पीडितको बाबुलाई जबरजस्ती करणीको ३ नं को देहाय ९२० बमोजिम १२ वर्ष कैद, जबरजस्ती करणीको ९ नं ९ क बमोजिम थप एक वर्ष तथा हाडनाता करणीको महलको १ नं बमोजिम १० वर्ष गरी २३ वर्ष कैद फैसला सुनाएको अदालतको इजलास शाखाबाट थाहा भएको छ।

पीडित नाबालिकाकाको पालनपोषण, शिक्षा र उचित हेरविचारका लागि तत्काल पीडकबाट क्षतिपूर्ति भराउन सक्ने अवस्था नदेखिएकाले पछि असुलउपर गर्ने गरी हाललाई सरकारबाट क्षतिपूर्ति रकम ३ लाख रुपियाँ प्रदान गर्न फैसला सुनाइएको छ।

प्रतिक्रिया दिनुहोस्