चुनाव भाँड्ने गरी राजपा नेतृत्वको गठबन्धन आन्दोलनमा



काठमाडौ(नेस) ।
राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठवन्धन र सत्तारुढ दलहरुसँग भएको वार्ताबाट कुनै निष्कर्ष निस्कन नसकेपछि राजपाले आन्दोलनका कार्यक्रमहरु अगाडि सारेको छ ।

चुनावको मिति केही दिन पर सार्ने राजपाको मागलाई सरकारले अस्विकार गरेपछि गठवन्धनले आन्दोलनको घोषणा गरेको हो ।
आइतबार गठवन्धनका संयोजक महन्थ ठाकुरको संयोजकत्वमा बसेको बैठकले विभिन्न आन्दालका कार्यक्रमहरु घोषणा गरेको छ । गठबन्धनले आगामी जेठ २९ गते प्रत्येक गाउँपालिका तथा नगरपालिकामा मसाल जुलुस निकाल्ने, ३०, ३१ र असारको १ र २ गते आमहड्तालको कार्यक्रम पनि घोषण गरेको छ ।

ठाकुरले विज्ञप्ती नै जारी गरी असार २ गते तराईरमधेसका स्थानमा स्थानीय चुनाव हुने मतदान केन्द्रमा तालाबन्दी गर्ने लगायतको कार्यक्रम पनि सार्वजनिक गरेको छ । साथै राजपा नेतृत्वको गठवन्धनले असार १० गतेबाट अनिश्चितकालिन बन्द गर्ने निर्णय गरेको छ ।

यस्तो छ राजपाको आन्दोलन कार्यक्रम

प्रतिक्रिया दिनुहोस्