स्कुल बस दुर्घटना, २७ विद्यार्थी घाइते



भक्तपुर, (नेस)
भक्तपुरको सानोठिमीमा रहेको नालन्दा विद्यामन्दिरको बा१ख ८३५९ नम्बरको बस बिहीबार साँझ दुर्घटना हुँदा २७ जना विद्यार्थी घाइते भएका छन्। विद्यार्थीलाई काठमाडौंको चोभारमा स्वीमिङ गराएर स्कुलतर्फ फर्कंदै गरेको बस स्कुलनजिकै पुगेपछि सडकबाट खेतमा खसेर दुर्घटना भएको ट्राफिक नायब निरीक्षक विकल भट्टराईले जानकारी दिनुभयो।

दुर्घटनामा घाइते भएका अधिकांश विद्यार्थी गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल र मध्यपुर अस्पतालमा उपचारपछि घर फर्किएका छन्। अस्पताल आएका विद्यार्थीका अभिभावकले भने विद्यालयको लापरबाहीका कारण दुर्घटना भएको गुनासो गर्दै पुरानो बसमा विद्यार्थी कोचेर जोखिमपूर्ण यात्रा गराउने गरेको अभिभावकको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्