देउवा टेप्लिज भेट



काठमाडौं, (नेस)
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइना बी टेप्लिजले देउवाको कार्यकालको सफलताको कामना गर्नुभएको छ।

अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोग निरन्तर रहने प्रस्टइउँदै राजदूत टेप्लिजले देउवाको कार्यकालमा दुवै मुलुकबीचको सम्बन्ध अझ सुमधुर रहने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रधानमन्त्री देउवाले अमेरिकाले नेपाललाई विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा सहयोग निरन्तर रहने बताउनुभएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो।

यसैबीच चिनियाँ विदेश मन्त्री वाङ यीले उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई बिहीबार एक शुभकामना सन्देश पठाउँदै उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको छ। आफ्नो सन्देशमा विदेश मन्त्री वाङले महराको कार्यकालमा दुवै मुलुकबीचको सम्बन्ध अझ मजबुत हुने र चीनले अघि सारेको ‘वान वेल्ट वान रोड’ को अवधारणाबाट नेपालले लाभ लिने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्