‘दुवै छिमेकीसँग सहकार्य गर्छु’



काठमाडौं, (नेस)
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीनसँगको सम्बन्धलाई सुमधुर बनाउँदै अगाडि बढ्ने बताउनुभएको छ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै देउवाले भन्नुभयो– ‘दुवै छिमेकी देशसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनेछु।’ नवनिर्वाचित प्रधानमन्त्री देउवाले आफू सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्