दुवै छिमेकीसँग सुमधुर सम्बन्ध बनाउँछु – नवनिर्वाचित प्रम देउवा


काठमाडौँ, २३ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीनसँगको सम्बन्धलाई सुमधुर बनाउँदै अगाडि बढ्ने बताउनुभएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद्भवन नयाँ बानेश्वरमा पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “दुवै छिमेकी देशसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनेछु ।”

नवनिर्वाचित प्रधानमन्त्री देउवाले आफूले संसद्मा नै सबै विषयमा प्रस्ट पारिसकेको उल्लेख गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।