प्रधानन्यायाधीश कार्की अवकाश


काठामाडौँ, २३ जेठ । प्रधानन्यायाधीशमा सुशीला कार्की उमेर हदका कारण आजदेखि सेवानिवृत्त हुनुभएको छ ।

सर्वोच्च अदालतको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बन्नुभएकी कार्की उमेर हद (६५ वर्ष)का कारण सेवानिवृत्त हुनुभएको हो ।

गत वैशाख १ गतेदेखि तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको उमेर हदका कारण अवकाश भएपछि कार्कीले कामु प्रधान्यायाधीश हुँदै प्रधानन्यायाधीशका रुपमा काम गर्नुभएको हो ।

बुधबारदेखि कामु प्रधानन्यायाधीशका रुपमा गोपाल पराजुलीले कार्यभार सम्हाल्नु हुनेछ । प्रधानन्यायाधीशमा पराजुलीलाई न्यायपरिषद्को बैठक बसी सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको छैन । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।