नेकपाका जिल्ला संयोजक पक्राउ


इलाम, २३ जेठ । निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेतालाई सोमबार पक्राउ गरेको छ ।

नेकपाका जिल्ला संयोजक पुष्प भट्टराईलाई सोमबार प्रहरीले धोबीधारा क्षेत्रबाट पक्राउ गरी जिप्रका इलामको हिरासतमा राखेर अनुसन्धान थालिएको जिप्रका इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो । प्रहरीले यसअघि पनि निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेका पाँच जनालाई नियन्त्रणमा लिएको थियो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।