एउटै पदमा भिड्दै बाबु छोरा

0
Shares

कतिपयले यौन चलचित्रको प्रभावमा परेर आफ्नो जननेन्द्रियलाई सानो ठान्दा झनै चिन्ता थपिने हुन्छ। फेरि जननेन्द्रिय लामो बनाउने भनिने प्रसाधनको बिक्री वितरण गर्ने वा सेवा दिने व्यक्ति वा संस्थाले जननेन्द्रियको आकार

सलिम अन्सारी⁄प्यूठान

आगामी असार १४ गते हुन लागेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा प्यूठानका बिभिन्न स्थानीय तहहरूमा परिवारका सदस्य र आफन्तहरू फरक फरक दलहरूवाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। एउटै परिवारका सदस्य तथा आफन्तहरू पद पाउनकै लागि फरक फरक राजनीतिक दलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

जिल्लाको प्यूठान नगरपालिका वडा नं ९ मरन्ठानामा बाबु छोरा नै फरक फरक दलबाट अध्यक्षका उम्मेद्धवार बनेका छन। बुवा भरत बहादुर केसी नेपाली काँग्रेसबाट वडा अध्यक्षका प्रत्यासी हुन् भने छोरा बाचुन केसी राष्टिय प्रजातन्त्र पार्टिबाट अध्यक्ष कै पदका लागी उम्मेद्धवारी लिएर चुनावी मैदानमा उत्रिएका छन्। उनीहरू बावुछोरा हुन्। भरत २०५२ साल देिख नेपाली काग्रेसको राजनीतिमा सक्रिय छन्। बाबुछोरा एउटै वडाबाट निर्वाचनमा होमिएपछि मतदाताहरूमा ब्यापक चर्चा छ। भरत पुराना र परिपक्व नेता मानिन्छन्।


६४ बर्षीया केसी २०४३ तिर पन्चायतकालमा समेत तत्कालिन मरन्ठाना गाबिसको उपप्रधानपञ्चमा बिजयी जनप्रतिनिधी हुन् भने २०४९ सालको स्थानीय निकाय निर्बाचनमा राप्रपाबाट गाबिस अध्यक्षमा उठेका उनलाइ राजमोले पराजित गरेको थियो। स्कुले जीवन देखि राजनीतिम क्षेत्रमा लागेका भरतका जेठो छोरा बाचुन पार्टीका जिल्ला सदस्य र महाधिबेशन प्रतिनिधी समेत हुन। उनी पुर्व राज्य मन्त्री र मन्त्रीका स्वकीय सचिव समेत भए।

४० बर्षिया बाचुनले राजनीतिक आस्थालाई लिएर परिवारवीच मनमुटाव गर्न नहुने प्रतिक्रिया दिए। म आफनो प्रचारमा छु,बुवा आफनै प्रचारमा हुनुहुन्छ। बाचुनले भने– राजनितीक प्रतिशोध छैन, प्रतिस्पर्धा छ। सहमती गरेर अघि बढने प्रयास भएपनि कुरा नमिलेपछि दुवैको उम्मेद्धवारी घोषणा भएको हो। पार्टी र बिचार नै फरक भएपछि एकै परिवारका बाबुछोरा चुनावी प्रतिस्पर्धामा जानु अनौठो कुरा नभएको अध्यक्षका प्रत्यासी बाबु भरत बहादुर केसीले बताउनुभयो। आ आफनो अजेण्डा बोकेर जाने कुरा हो उहाँले भन्नुभयो –हेरौ जनताको मन जित्न कसले सक्छ ? मलाइ सहयोग गर भनेर छोरालाइ भने तर उसले मानेन, भरतले भने। दुवै जना मतदाताको घरमा पुगिरहेका छौ।मतदाताले जसलाइ बिश्वास गर्छ उसैले जित्छ। बावुछोराको प्रतिस्पर्धालाइ भने स्थानीयले रोचक मानेका छन। राजनीतिमा सम्बन्ध, परिवार र नाता गौण हुने उनीहरूको टिप्पणी छ।

त्यस्तै,सरुमारानी गाउँपालिका वडा नम्वर ४ ढुगेँगदीबाट नेपाली काग्रेसबाट अध्यक्षका प्रत्यासी कुलराज सोमै र उनका भाइ चिन्त बहादुर सोमै यसै गाउपालिकामा अध्यक्ष पद मै प्रतिस्पर्धा गर्दै छन। उनीहरू नाताले दाजुभाइ हुन।दुवै आ आफुले जित्ने दावीका साथ मत माग्न गाउँ निस्किएका छन। स्थानीय तहको मिती नजिकिदै गर्दा उनीहरू प्रचारमा ब्यस्त छन। घरदैलो र भेला गरि आफनो पक्षमा मतदाता आकर्षित गर्न तल्लिन छन। उनीहरूको देखाभेट हुन्छ। भेट हुँदा ढोगभेट हुन्छ,दाजुसँग भेट हुँदा चलन अनुसार नमस्कार गर्छु। उहाँले पनि त्यसै गर्नुहुन्छ।एमालेबाट वडा अध्यक्षका उम्मेद्धवार सोमै भन्छन,बिचारले राजनीतिमा लागिन्छ,पारिवारिक सम्बन्ध बेग्लै कुरा हो। राजनीति गर्नु फरक कुरा हो।

एउटै स्थानीय तह र एउटै पद भएपछि परिवारका सदस्यलाइ चुनावी प्रचारमा जान समस्या परेको छ। सोही गाउँपालिका कै वार्ड नम्वर १ मा पनि एकै घरका दुइ दाजुभाइ फरक फरक दलबाट वडा सदस्य पदका लागि चुनावी मैदानमा छन। सरुमारानी गाउँ पालिका स्थित वडा नँ १ बाँगेसालबाट वडा सदस्यमा नेकपा एमालेबाट भाइ जितमान मियाँ उम्मेद्धवार बनेका छन भने नेपाली काग्रेसबाट सोही पदमा दाजु जिवराइल मियाँ उम्मेद्धवार बनेका छन। एउटै पदमा एकै परिवारबाट दुइ फरक दलबाट उम्मेद्धवार उठे पनि कुनै घरायसी समस्या नभएको जितमान मियाँ बताउँछन्। एउटै परिवारका सदस्य फरक फरक दलबाट उम्मेद्धवार बनेपछि दललाइ मत दिने की ब्यातmीलाइ मत दिने भन्नेमा स्थानीय मतदाताहरू अन्योलमा परेका छन। मियाँका कान्छा भाइ बसिर मियाले एकाघरकै दुइ दाजु चुनावमा उठेपछि उनले आफनो घरमा भएका दुइ भोट दुइभाइलाइ बाडने सोच बनाएको बताएका छन। प्यूठानमा २ नगरपालिका सहित ९ स्थानीय तह कायम गरिएको छ।