आइतबार वर्षकै सबैभन्दा गर्मी



काठमाडौं, (नेस)
आइतबार काठमाडौंमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ। उपत्यकाको शनिबारको तापक्रम २९ डिग्री सेल्सियस रहेकोमा आइतबारको तापक्रम ३२ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपत्यकाको उच्च तापक्रम यस वर्ष गत जेठ ९ गते (मे २३ तारिखमा) ३१ दशमलव ६ डिग्री रेकर्ड भएको थियो। मध्य तराईसहित पश्चिमी तराईका धेरै भेगमा समेत गर्मी बढेको महाशाखाको तथ्यांक छ।

आइतबार धनगढीमा सबैभन्दा बढि ४१ दशमलव २, नेपालगन्जमा ४० दशमलव ६, दीपायलमा ३९ दशमलव ८, वीरेन्द्रगर र भैरहवामा समान ३८ दशमलव ६, जनकपुरमा ३७ दशमलव ८ र सिमरामा ३७ दशमलव ५ डिग्री तापक्रम रेकर्ड भएको महाशाखाले जनाएको छ। काठमाडौंसहित तराईमा अझै २ दिनसम्म तापक्रम बढ्न सक्ने महाशाखाको ठहर छ।

प्रतिक्रिया दिनुहोस्