म्यादी प्रहरीद्वारा दलित संघका उपाध्यक्षको हत्या



ललितपुर, (नेस)
गत मंगलबार ललितपुरस्थित गोदावरी नगरपालिका वडा नम्बर ११, तिनघट्टेमा मृत अवस्थामा फेला परेका जिल्ला दलित संघ ललितपुरका उपाध्यक्ष दीपक परियारको हत्या म्यादी प्रहरीबाट भएको पुष्टि भएको छ।

महानगरीय प्रहरी वृत्त चापागाउँमा खटिएका म्यादी प्रहरी कुमार पाख्रिनले मदिरा सेवन गरी आपसी विवाद भएपछि परियारलाई ढु·ाले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

सिन्धुली घर भई छम्पी बस्दै आएका पाख्रिन ज्यामी काम गर्ने गर्छन्। स्थानीय तहको चुनावका लागि उनी म्यादी प्रहरीमा छनोट भएका थिए। उनी महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत थिए।

प्रहरी स्रोतका अनुसार मृतक परियारले अभियुक्त पाख्रिनलाई म्यादी प्रहरी भनेर जिस्काउने गरेको र यो बेइजज्ती सहन नसकेपछि निज पाख्रिनले परियारको हत्या गरेको हुन सक्ने अनुमान रहेको छ।

पाख्रिनलाई आवश्यक अनुसन्धानका लागि चापागाउँ प्रहरी वृत्तमा राखिएको छ। निजविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसान्धान हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्