हुकिङ गरी विद्युत चुहावट गर्ने २६ पक्राउ


लहान, १० जेठ । हुकिङ गरी विद्युत चुहावट गर्ने २६ जनालाई आज पक्राउ गरी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लहानले जरिवाना तिराएको छ ।

प्राधिकरणका कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनको क्रममा जिल्लाको विभिन्न स्थानमा विद्युतीय सामग्रीसहित पक्राउ परेका २६ जनाबाट रु एक लाख ४३ हजार जरिवाना असुल गरेको छ ।

टोलीले सिरहाको मोतिपुर, खुर्कीयाही, सोठियाइन, सखुवा नन्कारकट्टीलगायत स्थानबाट ती व्यक्तिलाई पक्राउ गरिएको प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले जानकारी दिनुभयो ।

पक्राउ परेकाबाट २७ थान पानी तान्ने मोटर, एक थान पङ्खा, मेसिन, दुईथान टीभीलगायतका सामग्रीसमेत बरामद गरिएको प्रमुख यादवले बताउनुभयो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।