करेन्ट लागेर एक जनाको मृत्यु


भद्रपुर (नेस) । झापाको बिर्तामोडमा बुधबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड३ करेलाबारी निवासी ३५ वर्षीय अर्जुन माझी रहेका छन् ।

आफ्नै पछाडि फलामको रड उठाउने क्रममा विजुलीको नाङ्गो तारमा रडले छुँदा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी हरि शर्माले जानकारी दिए ।

उपचारका लागि स्थानीय कञ्चनजङ्घा हस्पिटल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।