जनप्रतिनिधि बने ३ पत्रकार



नेपाल समाचारपत्र, हेटौंडा । स्थानीय तह निर्वाचनमा मकवानपुरका ३ जना पत्रकार जनप्रतिनिधि बनेका छन् । मकवानपुरका प्रमुख तीन दलबाट ५ पत्रकार चुनावी मैदानमा उत्रिएका थिए ।
पत्रकार सविन न्यौपाने हेटौंडा–१ को अध्यक्ष, नवीन सिग्देल हेटौंडा–४ को अध्यक्ष र देवराज रिमाल हेटौंडा–७ को वडा सदस्य निर्वाचित भएका छन् ।

निर्वाचनमा होमिएका नेपाली कांग्रेसबाट १, एमालेका ३ र नेकपा माओवादी केन्द्रबाट १ मध्ये एमालेका कुमार नेगी थाहा–३ को अध्यक्ष र सन्तोष न्यौपाने हेटौंडा–१० को अध्यक्षमा सन्तोष न्यौपाने पराजित भएका छन् ।
पत्रकार सविन न्यौपाने प्रेस युनियन मकवानपुरका उपाध्यक्ष र रिपोर्टस् क्लब मकवानपुरका अध्यक्ष हुन् । उनी जिल्लामा रहेका विभिन्न संघसंस्थामा सक्रिय युवा हुन् । उनलाई कांग्रेस हेटौंडा–१ नम्बर एकार्इं समितिले सर्वसम्मत् उम्मेदवारका रुपमा पार्टीमा सिफारिस गरेको थियो । उनी साझाकुरा राष्ट्रिय दैनिकका प्रकाशक÷सम्पादक हुन् ।
एमालेका सिग्देल हेटौंडा टुडेका सम्पादक छन् । एमाले जिल्ला कमिटी सदस्य, आर्थिक विभाग प्रमुख र ३ नम्बर क्षेत्रका सहसंयोजक रहेका सिग्देल अनेरास्ववियुका पूर्वजिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, मकवानपुरका क्याम्पसका पूर्व स्ववियु सभापति हुन् ।
एमालेबाटै हेटौंडा–७ को सदस्य बनेका रिमाल थाहा सन्देशमा आवद्ध अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य, प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष, एमाले जिल्ला किमिटी पूर्व सचिवालय सदस्य हुन् । २०३९ सालमा भुटनदेवी माविमा स्ववियु सदस्यबाट उनी राजनीतिमा होमिएका थिए ।

प्रतिक्रिया दिनुहोस्