गङ्गाजमुनाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी



मलेखु (धादिङ), ४ जेठ । धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बलबहादुर अधिकारीले तीन हजार ३५६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको प्रतिद्वन्दी काँग्रेसका अक्लबहादुर तामाङले तीन हजार १८० मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार एन्जिला तामाङले तीन हजार ५२२ मत ल्याइ विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्दी काँग्रेसका दुर्गा दाहालले तीन हजार १२८ मत प्राप्त गर्नुभएको थियो । १४ हजार १५७ मतदाता रहेको गङ्गाजमुना गाउँपालिकामा नौ हजार ७६५ ले मतदान गरेका थिए ।

सात वडा रहेको गङ्गाजमुना गाउँपालिकाको निर्वाचित वडाध्यक्षमा वडा नं १ मा नेकपा माओवादी केन्द्रका यमबहादुर तामाङ, २ मा काँग्रेसका फैसिह तामाङ, ३ मा काँगे्रसका विजयकुमार तामाङ, ४ मा काँग्रेसका हरिराम श्रेष्ठ, ५ मा नेकपा एमालेका रामचन्द्र अधिकारी, ६ मा नेकपा एमालेका भक्तबहादुर लामीछाने र ७ मा नेकपा एमालेका बाबुराम न्यौपाने निर्वाचित हुनभएको छ ।

ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले निर्वाचित

धादिङको ज्वालामुखी गाउँपालिकामा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका विनोद तिमल्सिनाले पाँच हजार ९५४ मत प्राप्त गरी निर्वाचित हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामप्रसाद अधिकारीले पाँच हजार ९३० मत प्राप्त गर्नुभयो ।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका जानुका सिंखडाले पाँच हजार ७७९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठले चार हजार ८९४ मत प्रप्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्