हारजितमा थोरै मतको अन्तर



हेटौंडा,(नेस) / वैशाख ३१ गते सम्पन्न स्थानीय तह पहिलो चरण निर्वाचनको मतगणना धमाधम भइरहेको छ । हालसम्म मकवानपुरका ४ वटा स्थानीय तहको नतिजा आइसकेको छ । जसमा ३ स्थानीय तहमा एमाले विजयी भएको छ भने १ मा माओवादी केन्द्रले जित हासिल गरेको छ ।

हेटौंडा मेयरमा कांग्रेस अगाडि बढेको छ । कांग्रेसका आनन्दराम पराजुलीले ३ हजार २ सय ८, एमालेका हरिबहादुर महतले ३ हजार ३४ मत पाउ“दा उपमेयरमा एमालेकी मीना लामाले ३ हजार २ सय १३ र माओवादीका बलराम बलले २ हजार २७ मत पाएका छन् ।

हेटौंडा वडा नम्बर २ मा एमालेले जित हासिल गरेको छ । एमालेका हरि राउतले १ हजार ९७ मतसहित जित हँसिल गरेका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेश उपाध्ययले १ हजार २१ मत प्राप्त गरे ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर २ मा उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका देवानन्द रेग्मीले १ मत प्राप्त गरेका छन् । उनको चुनाव चिह्न घडी हो । मेयरमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार राकेशकुमार शर्माले १ मत पनि प्राप्त गर्न सकेनन् । उनको चुनाव चिह्न दुई बालबालिका हो ।

थाहा नगरपालिकामा जारी मतगणनामा माओवादी केन्द्रले छलाङ मारेको छ । बुधबार विहानसम्म नेकपा एमालेले अग्रता लिइरहेकोमा दिउ“सो माओवादीले तीव्र गतिमा अग्रता लिन थालेको हो ।

पछिल्लो मत परिणामअनुसार माओवादी मेयर उम्मेदवार लवशेर बिष्टले ५ हजार ४ सय ५४ र नेकपा एमालेका विष्णुप्रसाद ढकालले ३ हजार ९ सय ४० मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसले छलाङ मारेको छ । लगातार अग्रता लिइरहेको नेकपा एमालेकी उम्मेदवार कल्पना बलामीलाई उछिन्दै नेपाली कांग्रेसका खड्ग गोपालीले अग्रता लिएका हुन् । उपमेयरमा बलामीको ४ हजार ३९ छ भने गोपालीको ४ हजार ३ सय ८० छ ।

नतिजामा मुख्य प्रभाव पार्ने क्षेत्रका रुपमा लिइने वडा नम्बर ३ को मतगणनास“गै यस्तो हेरफेर भएको हो । वडा नम्बर ३ मा माओवादीले अग्रता लिएको छ । पछिल्लो नतिजाअनुसार माओवादीले ५ सय ५० र एमालेले १ सय ९९ मत ल्याएको छ । १२ वटा वडा रहेको थाहानगरमा १, ४, ५, ८, १०, ११ र १२ को मतगणना भइसकेको छ । जसमा ३ ठाउ“मा माओवादी र ४ ठाउ“मा एमालेले जित हात पारेको छ ।

मकवानपुरको बागमती गाउ“पालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार सर्केस घलान मधु विजयी भएका छन् । उनी संविधानसभामा पराजित भएका थिए ।

माओवादी जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामीका अनुसार घलान १ सय १० मत अन्तरमा विजय भएका हुन् । घलानले ३ हजार २ सय २१ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी धनमाया थिङ विजयी भएकी छन् । उनले ४ मत अन्तरले विजय हात पारेकी हुन् । थिङले ३ हजार १ सय ४४ मत प्राप्त गरेकी छन् ।

मकवानपुरगढी गाउ“पालिकाको ८ वटै वडामा मतगणना सकिएको छ । मकवानपुरगढी गाउ“पालिकामा नेकपा एमालेका विदुर हुमागाईं गाउ“पालिका अध्यक्ष निर्वाचित भएका छन् । उनले ३ हजार ८ सय १४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दोर्जे लामाले ३ हजार ६ सय ५३ मत प्राप्त गरेका थिए ।

गाउ“पालिका उपाध्यक्षमा नेकपा एमालेकी हर्कमाया रुम्बा विजयी भएकी छन् । उनले ३ हजार ७ सय १७ मत प्राप्त गरेकी थिइन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मन्दिरा केसीले १० मत अन्तरले चुनाव हारिन् । उनले ३ हवार ७ सय ७ मत प्राप्त गरेकी थिइन् ।

गाउ“पालिका अध्यक्ष बन्ने दौडमा रहेका नया“ शक्ति नेपालका रुद्रनारायण चौलागाईंले १३ मतमात्र प्राप्त गरे । नेकपा माओवादी केन्द्रका भीम पाख्रिनले १ हजार ६ सय ३३ तथा राप्रपाका खिलप्रसाद चौलागाईले ९ सय ५० मत प्राप्त गरे । मकवानपुरगढीमा नेपाली कांग्रेस र नेकपा एमालेले ४÷४ वडामा जित हासिल ग¥यो । वडा नम्बर १ मा कांग्रेस प्यानल विजयी भएको छ । वडा अध्यक्ष आइतसिंह लोले ४ सय ६५ मत, निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेले ३ सय ३६ मत, महिला सदस्यमा नेपाली कांग्रेस ४ सय ५९ मतले विजयी भएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेले ३ सय ३२ मत पाएको थियो । दलित महिला सदस्यमा ठूलीमाया बिक कामी (निर्विरोध), खुला सदस्यमा नेपाली कांग्रेसले ४ सय ५७ मत र नेपाली कांग्रेसकै उम्मेदवारले ४ सय ५४ मत ल्याएर विजयी भएको छ ।

वडा नम्बर २ मा नेपाली कांग्रेस प्यानल विजयी भएको छ । वडा अध्यक्षमा बखानसिं पाख्रिन ७ सय १ मत पाएर विजयी भएका हुन् । महिला सदस्यमा नेपाली कांग्रेस ७ सय १४ मत, दलित महिला सदस्यमा नेपाली कांग्रेसले ७ सय २० मत, खुला सदस्यमा पनि नेपाली कांग्रेस विजयी भएको छ ।

वडा नम्बर ३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा नेकपा एमालेका भागवत घिमिरे ७ सय मतले विजयी भए । महिला सदस्यमा नेकपा एमालेकी सरिता सापकोटा, दलित महिला सदस्यमा नेकपा एमालेका बिमला बिक, खुला सदस्यमा पनि नेकपा एमालेका प्रेम थोकर र मञ्जु योञ्जन विजयी भए ।

वडा नम्बर ४ मा नेकपा एमाले प्यानल विजयी भयो । वडा अध्यक्षमा नेकपा एमालेका रामप्रसाद तिमल्सिना ३ सय ३७ मतले विजयी हु“दा महिला सदस्यमा एमालेका सन्तु थिङ, दलित महिला सदस्यमा नेकपा एमालेकी संगीता परियार, खुला सदस्यमा नेकपा एमालेका धनबहादुर लामा र सानुकान्छा मोक्तान विजयी भए ।

वडा नम्बर ५ मा पनि एमाले प्यानल विजयी भएको छ । वडा अध्यक्षमा नेकपा एमालेका जितबहादुर घिमिरे ७ सय २२ मतले विजयी भए । महिला सदस्यमा नेकपा एमालेकी सुनमाया पाख्रिन, दलित महिला सदस्यमा उषा परियार, खुला सदस्यमा सुकराम थिङ र हीराबहादुर दोङ विजयी भए ।

वडा नम्बर ६ मा नेकपा एमाले प्यानल विजयी भयो । वडा अध्यक्षमा टीकाप्रसाद दाहाल ५ सय ७३ मतले विजयी भए भने वडा नम्बर ७ मा नेपाली कांग्रेस प्यानल विजयी भएको छ । वडा अध्यक्षमा सूर्यबहादुर रुम्बा ५ सय ८ मत पाएर विजयी भए । वडा नम्बर ८ मा नेपाली कांग्रेस प्यानल विजयी हु“दा अध्यक्षमा कुमारसिं घिसिङ विजयी भए ।

इन्द्रसरोवर गाउ“पालिकामा मतगणना सकिएको छ । गाउ“पालिका अध्यक्षमा नेकपा एमालेका जीवन लामा विजयी भएका छन् । उनले ३ हजार २ सय ४ मत प्राप्त गरे । उपाध्यक्षमा पनि एमालेकी उमाकुमारी लामाले जित हासिल गरेकी छन् । उनले ३ हजार १ सय ९० मत प्राप्त गरेकी थिइन् ।

मतगणना सकिएको वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । नेकपा एमालेका धनराज महर्जनले ५ सय २८ मत ल्याएर जित हासिल गरे । महिला सदस्यमा दुर्गावती थोकर, दलित महिला वडा सदस्यमा उमा सुनार, खुला वडा सदस्यमा इमान लो र कृष्णजित लामा विजयी भए ।

गाविस सहायकबाट राजीनामा दिएको एक महिनापछि टंक मोक्तान कैलाश गाउ“पालिका अध्यक्ष निर्वाचित भएका छन् । नेकपा एमालेका अध्यक्ष उम्मेदवार मोक्तान प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोकबहादुर मोक्तानलाई चारसय ३३ मतले पछि पार्दै अध्यक्ष विजयी बनेका हुन् । मोक्तानले २ हजार ८ सय २ र लोकहादुरले २ हजार ३ सय ५९ मत प्राप्त गरेको निर्वाचन अधिकृत मुक्तिनारायण भण्डारीले बताए ।

उपाध्यक्षमा नेकपा एमालेकी सुकुमाया लामा विजयी भएकी छन् । उनले २ हजार ८ सय र प्रतिद्वन्द्वी कांग्रेसकी मीरा स्यांतानले २ हजार ४ सय २५ मत प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्