फाइभ हन्ड्रेड डी डण्डी छापावाल सुनजस्तै हो

0
Shares

आनन्द नेपाल
प्रमुख कार्यकारी अधिकृत, शंकर ग्रुप

उजोल डंगोल, नेस

देश यतिबेला नवनिर्माण तथा पुनर्निर्माणको चरणमा छ, हरेक दिन पूर्वाधारको विकास हुँदै गर्दा देश नवनिर्माणको चरणमा रहेको छ भने दुई वर्ष अगाडि गएको भूकम्पले नेपालको पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुग्यो। त्यसैका कारण मुलुकमा पुनर्निर्माणको काम पनि तीव्र गतिमा अगाडि बढेको छ।

जुन तरिकाबाट निर्माणको काम भए पनि अहिलेको अवस्थामा नेपालका अधिकांश स्थान बन्दै गरेका पूर्वाधारले रङगिएका छन्। भूकम्पपछि सरकारी निकायमात्रै होइन उपभोक्ता आफैं पनि निर्माण सामग्रीको गुणस्तरका विषयमा सचेत हुँदै गएका छन्, भलै त्यो पर्याप्त नहोला, आफूले प्रयोग गर्ने निर्माण सामग्री कस्तो छ, यसमा के विशेषता छ भन्ने कुरामा उनीहरूको चासो छ।

निर्माण सामग्री उत्पादन गर्ने अग्रणी प्रतिष्ठान शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलले छड तथा डण्डीमा नेपालको ४० प्रतिशत हिस्सा ओगट्दै आएको छ। पछिल्लोपटक उक्त समूहले राइनो फाइभ हन्ड्रेड डी ब्रँन्डको नयाँ फलामे डण्डी पनि उत्पादन गर्दै आएको छ। मेकानिकल इन्जिनियर र व्यवस्थापनमा डिग्री लिएपछि निर्माण सामग्री उद्योगमा सक्रिय रहनु भएका आनन्द नेपाल यतिबेला शंकर ग्रपुका प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ। दुई दशकदेखि निर्माण सामग्रीको उत्पादन, बजारलगायतका क्षेत्रलाई नजिकबाट हेर्दै आउनु भएका नेपालसँग राइनो फाइभ हन्ड्रेड डी डण्डीको विशेषताका साथै समग्र डण्डी क्षेत्रको अवस्थाका बारेमा नेपाल समाचारपत्रका लागि राजु श्रेष्ठले गर्नुभएको कुराकानी।

शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलले के कस्ता छड डन्डीको उत्पादन गर्दै आएको छ, संक्षिप्त जानकारी दिनुहोस् न ?

शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलले छड डण्डीमात्रै होइन एंगल च्यानल, किला, काँटी, डिआई वायरलगायतका सामग्रीको उत्पादन गर्दै आएको छ। २४सैं घण्टा विद्युत् प्राप्त हुने हो भने यस कम्पनीको वार्षिक १२ लाख टनभन्दा बढी उत्पादन क्षमता रहेको छ। छड डण्डीमात्रैको कुरा गर्दा यस कम्पनीले करिब साढे आठ लाख टन उत्पादन गर्न सक्छ।

हालको स्थितिमा कस्ता किसिमका छड डण्डीहरू नेपाली बजारमा उपलब्ध हुँदै आएका छन् ?

नेपाली बजारमा अहिले तीन प्रकारका छड डण्डीहरू उपलब्ध हुँदै आएका छन्। पहिलो फाइभ हन्ड्रेड डी, दोस्रो गे्रड फाइभ हन्ड्रेड र तेस्रो टोर ४१५ ग्रेडका डण्डी रहेका छन्। फाइभ हन्ड्रेड डी डण्डी जगदम्बा स्टिलले मात्रै उत्पादन गर्छ। यो उच्च गुणस्तरको फलामे डण्डी हो। हाम्रो उद्योगले राइनो फाइभ हन्ड्रेड डी ब्रान्डको डण्डी उत्पादन गर्दै आएको छ।

नेपालमा अझै थोरै परिमाणमा टोर ४१५ गे्रडको डण्डी उत्पादन हुँदै आएको छ। फाइभ हन्ड्रेड डी अन्य फलामे डण्डीभन्दा भिन्न र एक स्तर माथिको गुणस्तरीय फलामे डण्डी हो, यसलाई नेपालमा पहिलोपटक ल्याइएको हो। उत्पादन प्रक्रिया, भौतिक तथा रसायनिक गुणको सम्मिश्रणलगायतका कारणले यो डण्डी बजारमा उपलब्ध भएका अन्य डण्डीभन्दा विशेष र पृथक छ। फाइभ हन्ड्रेड डीमा कम्पनीले सल्फर र फोसफोरसको सम्मिश्रणको अधिकतमम् शून्य दशमलब शून्य ७५ प्रतिशत मात्र प्रयोग गरेको छ। यसले गर्दा डण्डी अत्याधिक मजबुत हुनुका साथै बजारमा पाइने ग्रेड फाइभ हन्ड्रेड डण्डीभन्दा ३३ प्रतिशत बढी उच्च लचकता हुन्छ। नेपालको सन्दर्भमा यो डण्डीको आवश्यकता अत्यान्तै जरुरी देखिएको छ। नेपालमा भूकम्प गएको दुई वर्ष भर्खरै पुगिसकेको छ। भूकम्पले नेपालको पूर्वाधारमा कस्तो असर गर्यो भन्ने कुरा हामी सबैले देखे भोगेका छौं। त्यसैले डक्टिलिटी उच्च भएको डण्डीको प्रयोग गर्नुपर्छ।

उपभोक्ताले बुझ्ने गरी सरल भाषामा भन्दिनुहोस् फाइभ हन्ड्रेड डी भनेको के हो, यो किन आवश्यक छ ?

फाइभ हन्ड्रेड डी डण्डीमा उच्च लचकता हुन्छ। ग्रेड फाइभ हन्ड्रेडमा भन्दा फाइभ हन्ड्रेड डी डण्डी उत्पादन गर्दा यसमा कच्चा पदार्थ बढी पियुरीफाई गरिएको हुन्छ। फाइभ हन्ड्रेड डी सबैले उद्योगले आफ्ना उत्पादनमा लेख्न पाउँदैनन्, यसलाई नाप तौल तथा गुणस्तर विभागले प्रमाणित गर्नुपर्छ। अझै स्पष्ट भाषामा भन्नु पर्दा यो तेजावी सुन र छापावाल सुन भनेजस्तै हो। फाइभ हन्ड्रेड डी छापावाल सुनजस्तै हो भने ग्रेड फाइभ हन्ड्रेड डण्डी तेजावी सुनजस्तै हो। दुवै सुन भए पनि लचकता र गुणस्तरमा फरक हुन्छ। राइनो फाइभ हन्ड्रेड डी डण्डी उच्च भूकम्पीय जोखिम भएको हाम्रोजस्तो देशका लागि अति उपयुक्त छ। कम्पनीको विशेष खुद्रा बिक्री केन्द्रमार्फत् उपभोक्ताले ८ एमएम देखि ४० एमएमसम्मको साइजमा राइनो फाइभ हन्ड्रेड डी फलामे डण्डी खरिद गर्न सक्छन्। निर्माण प्रक्रियामा प्रयोगका क्रममा खेर जाने मात्रा न्यूनीकरण तथा कार्यगत सहजताका लागि सबै फलामे छड निर्धारित १२ मिटर लम्बाईका साथ उपलब्ध छ।

फाइभ हन्ड्रेड डी र गे्रट फाइभ हन्ड्रेड डण्डीबीच पूर्वाधार निर्माणका लागि कुनै फरक विशेषता अर्थात घर निर्माणका लागि यो पुल पुलेसा निर्माणका लागि त्यो भन्ने भिन्नता छ कि ?

त्यस्तो भिन्नता हुँदैन, बढी गुणस्तरको कुन भन्ने मात्रै हो। तर, यसको मतलब ग्रेट फाइभ हन्ड्रेड गुणस्तरहिन हुन्छ भन्ने होइन, ग्रेट फाइभ हन्ड्रेडमा १२ प्रतिशत डक्टिलिटी हुन्छ भने फाइभ हन्ड्रेड डीमा १६ प्रतिशत डक्टिलिटी हुन्छ। यसको मतलब फाइभ हन्ड्रेड डीमा ३३ प्रतिशत उच्च लचकता हुन्छ। फाइभ हन्ड्रेड डी डण्डी प्रयोग गर्दा भूकम्पजस्तो विपद्मा जोखिम कम हुन्छ।

– फाइभ हन्ड्रेड डी र ग्रेट फाइभ हन्ड्रेडको प्रयोग गर्दा उपभोक्ता लागतको स्थिति के हुन्छ ?

समग्रमा भन्नु पर्दा शून्य दशमलब शून्य एक प्रतिशतमात्रै फाइभ हन्ड्रेड डीमा मूल्य बढी पर्न जान्छ। शुरूमा केही बढी मूल्य देखिए पनि समग्रमा त्यो अत्यान्तै नगन्य प्रतिशतमा हुन आउँछ। किनकी एक करोड रुपियाँको लागतमा घर निर्माण गर्दा ४०–५० हजार रुपियाँमात्रै मूल्य फरक पर्नु ठूलो कुरा होइन। यसबाट उपभोक्ता थप सुरक्षित हुन पाउँछन्। यस्तो कुरा घर बनाएपछि फेर्छु वा थप्छु भन्न सक्ने अवस्था हुँदैनफाइभ हन्ड्रेड डी डण्डी प्रयोग गर्ने सम्बन्धमा उपभोक्ता कति जागरुक रहेको पाउनु भएको छ ?

यस विषयमा उपभोक्ता अझै जागरुक हुन सकेका छैनन्। यहाँ ठेकेदार र दुकानदारले जुन बेच्दा आफूलाई बढी फाइदा हुन्छ त्यसैको सिफारिस गर्ने प्रचलन छ, मूल्यभन्दा गुणस्तरमा जोड दिनुपर्छ। जगदम्बा स्टिलले उपभोक्तालाई सकेसम्म जागरुक बनाउने प्रयासमा छ।

नेपाली बजारमा फाइभ हन्ड्रेड डी भएको राइनो ब्रान्डको मात्रै डण्डी छ, यतिखेर राइनोको बजारको अवस्था कस्तो छ ?

मैले अघि नै चर्चा गरिसके उपभोक्ता अझै जागरुक हुन सकेका छैनन्। ठेकेदारले आफूलाई बढी कमिसन पाउने डण्डीको सिफारिस गर्छ। त्यसलै यसको अवस्था अहिले सामान्य नै छ।

मुलक यतिखेर पुनर्निर्माणको चरणमा छ, यस्तो बेला सरकारीस्तरबाट नै फाइभ हन्ड्रेड डी डण्डीको प्रयोग गर्नुपर्ने विषयमा कुनै पहल भएको छ ?

सरकार आफैंले त शुरू गरेको छ। राष्ट्रिय गौरवको भेरी–बबई सिँचाइ परियोजनामा फाइभ हन्ड्रेड डी डण्डी प्रयोग गर्ने निर्णयअनुसार हाम्रो डण्डी प्रयोग भएको छ। त्यस्तै नेपाली सेनाको मुख्यालय निर्माणमा पनि फाइभ हन्ड्रेड डी डण्डी नै प्रयोग भएको छ। उहाँहरूले लामो प्राविधिक अध्ययनपछि फाइभ हन्ड्रेड डी डण्डी प्रयोग गर्नुभएको हो।

यति खेर फाइभ हन्ड्रेड डी डण्डीको मार्केट शेयर कति छ ?

अहिले त निक्कै कम छ।

लक्ष्य कति छ ?

हाम्रो लक्ष्य त शतप्रतिशत नै होस् भन्ने हो, नेपालमा फाइभ हन्ड्रेड डी डण्डी सबैले प्रयोग गरुन भन्ने छ। यद्यपि, त्यो हुन अझै गाह्रो छ, कतिपय डण्डी ब्रान्ड मात्रैका छन्। हामी कहाँ ‘नेगेटिभ एटिच्युट’ छ त्यो हट्यो, उपभोक्ता जागरुक भए भने शतप्रतिशतसम्म पनि होला। तथापि, आगामी वर्षसम्म फाइभ हन्ड्रेड डीले १० प्रतिशत बजार हिस्सा ओगट्छ भन्ने हाम्रो लक्ष्य रहेको छ।

राइनो फाइभ हन्ड्रेड डीको उत्पादन क्षमता कति छ त ?

मैले शुरूमा नै भने साढे आठ लाख टन डण्डी उत्पादन गर्ने क्षमता भनेको त्यो सबै राइनो फाइभ हन्ड्रेड डीकै हो।

यसले बजारको माग धान्न सक्छ त ?

यसमा कुनै शंका छैन। हामीले बजारको पर्याप्त माग धान्न सक्छौं।

कच्चा पदार्थको अवस्था के छ ?

डण्डीहरूबीच कच्चा पदार्थदेखि नै भिन्नता रहेको छ, त्यसै कारणले फाइभ हन्ड्रेड डी र गे्रट फाइभ हन्ड्रेडबीचको मूल्य अन्तर भएको हो। फाइभ हन्ड्रेड डीको कच्चा पदार्थलाई बढी पियुरीफाइड गर्नुपर्छ। डण्डीमा सल्फर र फस्फोरसको मात्रा जति कम भयो त्यति राम्रो हुन्छ।

नेपालको बजार मागअनुसार उत्पादनको स्थिति के छ ?

पर्याप्त विद्युत् भयो भने नेपाली उद्योगले मागअनुसार डण्डी उत्पादन गर्न सक्छन्।

नेपालमा डण्डीको औसत माग कति छ ?

नेपालमा डण्डीको माग वार्षिक करिब १ दशमलब ५ मिलियन टन छ।

वार्षिक वृद्धि दर चाहीँ कति छ ?

पछिल्लो अवस्थामा नेपालमा डण्डीको माग वार्षिकरूपमा ५ प्रतिशतदेखि ८ प्रतिशतमा वृद्धि हुँदै आएको छ।

फलामे डण्डी उत्पादन गर्ने क्रममा कच्चा पदार्थको रिसाइकल र ब्लेडबाट उत्पादन गर्ने सामग्रीबीच के भिन्नता रहेको छ, खुलस्त पार्दिनुहोस् न ?

पछिल्लो अवस्थामा रिसाइकल विश्वभर हुँदै आएको छ। बास्तवमा अहिलेको युग भनेकै रिसाइकलको हो। ब्लेड र रिसाइकलबीच खासै ठूलो भिन्नता छैन। हामीले ब्लेड वा रिसाइकलको प्रक्रिया कस्तो छ भन्ने कुरा ध्यान दिनुपर्छ। आइरन कोरबाट पनि ब्लेड नै बनाउने हो, हामीले आइरन कोरबाट ब्लेड बनाउँदा त्यसलाई मिल्ट गरी मिक्स गर्छौं, त्यसपछि पियुरीफाइड गर्छौं। अनि कास्टिङ गरी ब्लेड बनाउँछौं। रिसाइकल गर्दा बजारबाट हामीले स्क्र्याप ल्यायौं भने त्यसलाई मिल्ट गर्छौं, त्यसलाई पियुरीफाइड गरी कास्टिङ गछौं, सबैको तरिका उही हो। महत्त्वपूर्ण कुरा के हो भने हामीले कच्चा पदार्थको प्रशोधन गरी गर्छौं भन्ने हो।

हामी कहाँ नकरात्मक कुरा बढी हुन्छ, बास्तवमा बजारमा जो नेतृत्वमा छ अर्थात जसको बजार हिस्सा बढी छ, उसैलाई गाली गर्ने हो। बजारको ४० प्रतिशत हिस्सा जगदम्बा स्टिलको छ। त्यसैले कतिपय सन्दर्भमा हामीलाई तारो बनाइन्छ। अमेरिकामा पनि लङ प्रोडक्टको ९६ प्रतिशत उत्पादन रिसाइकलबाट हुन्छ।

ब्लेडहरू पनि रिसाइकलबाटै नै बन्छ। हामीले हेर्ने भनेको रिसाइकलको प्रक्रिया के छ, यसको केमेस्ट्री के छ, रिसाइकल एउटा ग्रिन वर्क पनि हो। मेरो विचारमा सबैले रिसाइकल गर्नुपर्छ। प्राकृतिक स्रोत कहिलेसम्म उपलब्ध हुन सक्छन्। त्यसको विकल्प के हुन सक्छ भन्ने विषयमा अहिलेदेखि नै सोच्नुपर्छ।

कतिपयले रिसाइकल गर्दा वातावरणीय प्रदुषण बढी हुन्छ पनि भन्छन् बास्तविकता के हो ?

फालमका हकमा रिसाइकल गर्दा प्रदुषण झन् कम हुन्छ। कुनै–कुनैमा त्यो पनि होला तर फलामको रिसाइकल ग्रिन वर्क हो। किनकी यसमा प्राकृतिक स्रोतको सुरक्षा हुन्छ भने बजारमा नष्ट हुन नसक्ने वस्तुको रिसाइकल हुन्छ।
केही समय अघि भारतको ग्रे मार्केटबाट न्यून गुणस्तरका डण्डीहरू नेपाली बजारमा भित्रिए भन्ने गुनासो आएको थियो, कुरा के हो ?

भूकम्पपछिको पाँच⁄छ महिनासम्म कुनै पनि निर्माणका काम भएनन्। त्यसपछि एकैपटक निर्माणको काम धमाधम शुरू भए, त्यति नै बेला लोडसेडिङ उच्च भयो। एकातिर माग तीव्र रूपमा बढ्यो भने अर्कोतिर मागअनुसारको उत्पादन गर्न नेपाली उद्योगहरूले सकेनन्। त्यसबेला केही मानिसले भारतबाट त्यस्ता डण्डी आयात गरेका थिए। अहिले त्यो अवस्था छैन, दुई अढाई वर्षपछि नेपालकै उत्पादन छ्याल्याल हुन्छ।

नेपालमा नै खानी उत्खनन् गर्ने विषयमा यहाँहरूको के सोच छ ?

यस विषयमा हामीले केही सोच बनाएका हौं। तर, यहाँ त्यस्तो सम्भावना अलि कम नै देखिएको छ। एउटा फूलचोकी हो त्यसबाहेक अरू खासै देखिएको छैन।

यहाँहरू आफैंले अध्ययन र विकास (आर एन्ड डी) गर्ने अवस्था छैन ?

त्यसले त हामीले राइनो फाइभ हन्ड्रेड डी ल्यायौं नि।
फाइभ हन्ड्रेड डी अन्य फलामे डण्डीभन्दा भिन्न र एक स्तर माथिको गुणस्तरीय फलामे डण्डी हो, यसलाई नेपालमा पहिलोपटक ल्याइएको हो। उत्पादन प्रक्रिया, भौतिक तथा रसायनिक गुणको सम्मिश्रणलगायतका कारणले यो डण्डी बजारमा उपलब्ध भएका अन्य डण्डीभन्दा विशेष र पृथक छ। फाइभ हन्ड्रेड डीमा कम्पनीले सल्फर र फोसफोरसको सम्मिश्रणको अधिकतमम् शून्य दशमलब शून्य ७५ प्रतिशत मात्र प्रयोग गरेको छ। यसले गर्दा डण्डी अत्याधिक मजबुत हुनुका साथै बजारमा पाइने ग्रेड फाइभ हन्ड्रेड डण्डीभन्दा ३३ प्रतिशत बढी उच्च लचकता हुन्छ। नेपालको सन्दर्भमा यो डण्डीको आवश्यकता अत्यान्तै जरुरी देखिएको छ।