धुन्चेमा पहिला पटक गीत तथा माने प्रशिक्षण सुरु 

1.13k
Shares

रसुवाको सदरमुकाम धुन्चेमा पहिलो पटक कला संस्कृति जर्गेना गर्न वैशाख  २२ देखि एक महिना गीत तथा माने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

गाेसाईकुण्ड गाउँपालिका ६ नम्बर  वडा कार्यालय धुन्चेको सहयोगमा धुन्चे कला संस्कृति जर्गेना गर्न गीत तथा माने प्रशिक्षण उ,स, धुन्चेको आयोजनामा  गीत गाएर  माने नाच्ने प्रशिक्षणले कुनै पनि घ्यावा,विहे कुनै पर्व तिथि  हरूमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने र संस्कृति परम्परालाई जोगाउन मदत पुग्ने गाेसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए ।

पुर्खा देखि चलिआएकाे गीत तथा माने  हामी छदा त हुन्छ हाेला तर अहिलेकाे जेन्जि पुस्ता ले यसलाई पन्छाउने हाेकि हाेईन भन्ने चिन्ता लागेकाे धुन्चे काे स्थानीय प्रतिमा घले बताउनु हुन्छ ।यो एक महिना चल्ने गीत तथा माने प्रशिक्षणले पक्कै पनि धुन्चे वासिलाई हाैसला र पछिल्लो पुस्ता सम्मले बुझ्न सक्ने हुने विश्वास अर्का स्थानीय देखि तामाङले बताउनु भयो ।

हाम्रो परम्परा धर्म संस्कृतिसँग जोडिएको गीत तथा माने प्रशिक्षण दिएर एकदमै राम्रो गुणस्तरीय काम भएकाेले रसुवा नागरिक समाजकाे तर्फवाट ह्रदयदेखि धन्यवाद व्यक्त गरेकाे अध्यक्ष बाबुलाल तामाङले   बताउनु भयो। संस्कृति संरक्षण र जगेर्ना गर्न सबैले हातेमालो गरेर अगाडि  वढेमा यो प्रशिक्षण ले न्याय पाउने र महत्त्वपूर्ण भूमिका रहेको ६ नम्बर वडाका वडा अध्यक्ष दावा सिदार बाइबाले बताउनुभयो