फेरी संसद अवरुद्ध



काठमाडौ (नेस) ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको संख्या बढाउने प्रस्ताव फिर्ताको माग गर्दै फेरी आज पनि संसद बैठक वरुद्ध पारेको छ ।

एमालेले हिजो पनि स्थानीय तहको संख्या बढाउने कुरामा चित्त नबुझेर संसद बैठक अवरुद्ध गरेको थियो ।

आज उपप्रधानमन्त्री मन्त्री कमल थापाले मधेसी दललाई पनि चुनावमा सहभागी गराउन र देशलाई चुनावमा लैजानका लागि स्थानीय तहको संख्या थप्नु परेको भन्दै बोल्नुभएको थियो ।

तर, उनको जवाफले एमालेको चित्त बुझेर एमालेले आज पनि ससद बैठक अवरुद्ध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्