डिआइजी नवराज सिलवाललाई छोड्न सर्वोच अदालतको आदेश



काठमाडौ (नेस) ।

सर्वोच अदालतले नियन्त्रणमा लिइएका डिआइजी नवराज सिलवाललाई छोड्न आदेश दिएको छ ।

प्रधानन्यायधीश सुशीला कार्कीको एकल इजलासले डिआइजी सिलवाल र अधिवक्त शम्भु थापालाई सर्वोच्च अदालतको रजिस्टारको रोहबरमा छोड्न आदेशदिनुभएको हो ।

अदालतमा आफै विपक्षी रहेको व्यक्तिलाई कारबाही गर्नु पूर्वाग्राही काम भएको अदालतले ठहर रहेको छ।
सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएपछि गैरकानुनी ढंगले पक्राउ गरेको भन्दै सर्वोच्च अदालतमा रिहाइको माग गर्दै रिट दायर भएको थियो ।

सरकारले प्रहरी महानिरीक्षक सम्बन्धि मुद्दामा सिलवालले कार्य सम्पादन मुल्यांकनको अंकमा किर्ते गरेको अरोपमा अनुसन्धान गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि बयानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्