पहिरोले चारको मृत्यु

0
Shares

कालिकोट, (नेस)
कालिकोटको लालीघाट बजारमा बिहीबार साँझ आएको पहिरोले चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकै घरका तीन जना रहेका छन्।

मृत्यु भएकाहरूमा स्थानीय नरहरिनाथ गाउँपालिका–१ का ४० वर्षीय गोर्ख सिकाल विक, घन सिकाल विक र १३ वर्षीया बास्कुरा सिकाल विक तथा सान्ने त्रिवेणी गाउँपालिकाका टोपबहादुर केसी रहेका छन्।

प्रहरीका अनुसार पहिरोले चिया पसलका सञ्चालक र चिया खाएर बसेकाहरूको मृत्यु
भएको हो।

Skip This