दुई दिनभित्रै प्रत्येक जिल्लामा मतदाता शिक्षा सामग्री पठाइने


काठमाडौँ, २४ चैत । निर्वाचन आयोगले एकदुई दिनभित्रै प्रत्येक जिल्लामा मतदाता शिक्षा सामग्री पठाउन लागेको छ ।
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदातालाई सुसूचित बनाउन चाहिने मतदाता शिक्षा सामग्री एक महिनाअघि नै पठाउन लागेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतदातालाई सुसूचित बनाउन पाँच प्रकारका पोस्टर, मतदाता शिक्षा हाते पुस्तिका, निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयम्सेवक सहयोगी पुस्तिका, स्थानीय तहको निर्वाचनको बारेमा सोधिने प्रश्न र सोको उत्तरसम्बन्धी ब्रोसरलगायतका सामग्री जिल्लामा पठाउन लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन मतदाता शिक्षा छपाइका लागि २८ वटा छापाखानालाई काम दिएका छौँ उक्त छापाखानाले तीव्ररुपमा काम गरिरहेका छन् सबै सामग्री आयोगमा आइसकेपछि जिल्लामा पठाउँछौँ ।”

कतिपय छापाखानाले मतदाता शिक्षा सामग्री छपाइको काम पुरा गरेकाले उक्त सामग्रीलाई अहिले आयोगमा ल्याएर जिल्ला गत रुपमा छुट्याउने कामसमेत भइरहेको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।