ठुला दललाई अन्र्तघातको डर

0
Shares

विमल विष्ट, डोटी ।

आसन्न स्थानिय तहको निर्वाचनको जोड घटाउमा लागेका डोटीका दलहरु पार्टीभित्रकै अन्र्तघात देखि त्रसित भएका छन् । दुई दशकपछि हुन थालेको निर्वाचनमा पार्टी भित्रको गुटबन्दी संगै उम्मेदवारका आकांक्षिहरुको संख्या पनि ह्वात्तै बढेपछि ठुला दलहरु बढी त्रसित छन् । चियापसल, चोक, बजारमा बिपक्षी भन्दा पार्टी भित्रकै आकांक्षिहरुको खुल्लारुपमा आलोचना भइरहेको छ ।

दिपायलका स्थानिय सर्वजित देउवाले भन्नु भयो ‘अहिलेको चुनावमा पार्टीभित्र केन्द्र देखि गाउसम्म रहदै आएकोे धार त छदै छ आकांक्षिहरु व्यक्तिगत रुपले पनि आलोचनामा उत्रदा पार्टीभित्रै अन्र्तघात हुने सहजै अनुमान गर्न सकिन्छ ।’ नेपाली कांग्रेस डोटीले पार्टी कार्यालयमा तीन दिन अघि चुनावी रणनितीबारे केही मुख्य नेता कार्यकर्तासंग बैठक डाकेको थियो । तर बैठकमा स्थानियतहका आकांक्षिहरु यति उपस्थित भएकी पार्टी कार्यालयको हलमा ठाउ“ नभएर जिल्ला समन्वय समितिको सभाहलमा बैठक राख्न बाध्य भयो ।

हलभित्रपनि ठाउ“ नभएर बाहिर बसेका कार्यकर्ताहरुले नेताहरुको आलोचना गर्नुका साथै उम्मेदवारीको लागि प्रस्ताव राखेका थिए । नेपाली कांंग्रेसका नेता भुमिराज बडुले भन्नु भयो ‘कसैले कसैलाई टेर्ने अवस्थामा छैनन्, आकांक्षा राख्ने सबैले आफैमात्र मत दिने हो भने पनि कांग्रेसले डोटीमा पुरै स्थानिय तह कब्जा गर्छ तर दुर्भाग्य आफुबाहेक अरुलाई स्विकार्नै नसक्ने अभिव्यक्तिले पार्टीलाई त्रसित पारेको छ ।’

नेपाली कांग्रेसमा संस्थापन र पौडेल पक्षको गुटबन्दी संगै व्यक्तिगतरुपमा आकांक्षिहरुबिच बढी बिबाद छ । कांग्रेसमा मात्रै एक गाउ“पालिकामा मात्रै ३ देखि ८ जनासम्म आकांक्षि छन् भने नगरपालिकामा चार देखि ७ जनासम्म आकांक्षि छन् । कांग्रेसमा युवा पुस्ताहरु बढी आक्रोसमा देखिए पनि बिगतको स्थानिय निकायको निर्वाचन अनुभव बटुलेकाहरु समेत त्यतीकै आलोचनामा उत्रेका छन् ।

उता संसदको दोश्रो ठुलोदल एमालेको पनि अवस्था उस्तै छ । पार्टीभित्रको गुटबन्दीले दुई धारबिच पानी बाराबारको अवस्था छ । एकपक्षले टिकट पाए अर्को पक्ष बिद्रोहमा उत्रने चेतावनी दिदै आएका छन् । जिल्ला देखि गाउ“तह सम्म दुबैगुट टिकट आफ्नो पक्षमा पार्न एमालेभित्र प्यानल बनाउने तयारीमा कुदिरहेका छन् । एमालेका जिल्ला अध्यक्ष चक्रबहादुर मल्ल र क्षेत्र नं. दुईका सांसद प्रेम आलेमगर बिचको स्पष्ट गुटबन्दीले अन्र्तघात हुन सक्ने एमाले भित्रका कार्यकर्ताहरु स्विकार्छन् ।

दिपायल सिलगढी नगरपालिकाका पूर्व उप मेयर तथा आसन्न निर्वाचनमा एमालेबाट मेयर पदका आकांक्षि प्रेम शाहले भन्नु भयो ‘सबैभन्दा संगठन बलियो र तल्लोतहसम्म भएको पार्टी एमाले नै हो, संगठनहरु एक ठाउमा उभिएर लड्ने हो भने अरुले हल्लाउनै सक्दैनन्, तर अवस्था संगठनहरुभित्र उल्टो छ, बिद्रोहमा उम्मेदवारी नदिएपनि अन्र्तघातको सम्भावना प्रबल छ ।’ एमालेभित्र नगरपालिकाहरुमा तीन देखि ६ जना आकांक्षि छन् भने गाउपालिकामा दुई देखि चार जनासम्म देखा परेका छन् ।

तेस्रो ठुलो दलका रुपमा रहेको नेकपा माओवादी केन्द्र भित्र आंकाक्षिहरु सिमित भएपनि कार्यकर्ताहरुबाट पार्टीलाई अन्र्तघातको सम्भावना छ । पछिल्लो समय जिल्लातहका नेताहरु नेकपा माओवादी केन्द्रबाट टुक्रिएर अन्य पार्टीमा गएपछि पार्टीको परिस्थिती बदलिएको छ । नाम प्रकाशित नगर्ने शर्तमा माओबादी केन्द्रका एक नेताले भन्नु भयो ‘गाउँ तहसम्म रहेका कार्यकर्ताहरु अझै माओवादी केन्द्रमै आवद्ध हुनुहुन्छ, तर जिल्लातहमा हामीबाट छुटिएका साथिहरुलाई कार्यकर्ताहरुले मत दिनसक्ने डर बढी छ ।’ नेताहरुबिच अन्र्तघातको सम्भावना माओवादी केन्द्र भित्र न्युन भएपनि तीनका कार्यकर्ताहरुले पार्टीबाट अलग भएका नया“ शक्तितिर केही मत जानेसक्ने कार्यकर्ताहरुको बिश्लेषण छ ।

राप्रपा, जनशक्ति, राष्ट्रिय जनमोर्चा, संघिय समाजबादी फोरम लगायतका पार्टीहरु भने ठुला दलहरु बिचको अन्र्तघात हुनसक्ने मतबाट फाइदा लिने रणनितीमा जुटेका छन् ।