सबैभन्दा बढी मतदाता मोरङमा


विराटनगर, २१ चैत । नेपालमै सबैभन्दा बढी मतदाता भएको जिल्लामा मोरङ देखिएको छ । जिल्लामा पाँच लाख ६३ हजार आठ सय ७० मतदाता छन् । यसअघि विसं २०७० मा चार लाख ९५ हजार मतदाता रहेका छन् ।

कुल मतदातामा दुई लाख ८५ हजार नौ सय ३७ पुरुष र दुई लाख ७७ हजार नौ सय ३३ महिला रहेको पूर्व क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । पाँच लाख ५९ हजार चार सय मतदाता भएको काठमाडौँ अब दोस्रो स्थानमा छ ।

मोरङ जिल्ला बसाइँ–सराइमा तुलनात्मक रुपमा बढेका कारण मतदाता थपिएको अनुमान गरिएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।