प्रधानमन्त्री स्वदेश फिर्ता



काठमाडौं (नेस) ।

सप्ताह व्यापी चीन भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार बिहान स्वदेश फिर्ता आउनु भएको छ ।
काठमाडौंको त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै चिन भ्रमण निकै नै उपलब्धिमुलक रहेको र चिन सँगको सम्बन्ध सदैब सकरात्मक रहने जानकारी दिनुभयो ।

त्यस्तै चीनबाट नेपालतर्फ रेलबिस्तार, रसुवागढी र तातोपानी नाकाको विषयमा कुराकानी भएको दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहाललाई स्वागत गर्न सभामुख ओनसरी घर्ती मगर, उपप्रधानमन्त्रीहरु कमल थापा, विमलेन्द्र निधि, कृष्णबहादुर महरा अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्