स्थानीय तहको निर्वाचनको बिरोध- निर्वाचन कार्यालय घेराउ मध्य तराईका जिल्लाहरुमा तनाव



कृष्णउदास खनाल, वीरगन्ज ।

स्थानीय तहको निर्वाचनको बिरोधमा मंगलबार मध्य तराईका जिल्लाहरुमा रहेका निर्वाचन कार्यालय अगाडि धर्ना दिइएको छ ।

तराई मधेसको जनताहरुको भवना बिपरित वर्तमान सरकार निर्वाचनको मिति घोषणा गरेको बिरोधमा केन्द्रिय निती अनुरुपमा जिल्ला निर्वाचन कार्यालय अगाडी मोर्चा समर्थक नेता तथा कार्यकर्ताहरुले धर्ना दिएका हुन्। निर्वाचन कार्यालयलाई घेरा गर्न पुगेका मोर्चा कार्यकर्ताहरुले करिब एक सय मिटर टाडढैबाट बिरोध जनाएका थिए । निर्वाचन कार्यालयमा भने प्रहरीको बाक्लो उपस्थिति रहेको थियो ।

जिल्ला निर्वाचन कार्यालय बाराको दक्षिण गेट अगाडि संघीय समाजवादी फोरम नेपालका नेता कार्यकर्ताहरु बिरोध गरेको थिए भने कार्यालयको उत्तर तर्फ सदभवना र पश्चिम तर्फ तमलोपा लगायतका नेता कार्यकर्ताहरुले निर्वाचनको बिरोध गरेका थिए ।

उक्त अवसरमा पूर्व सांसद प्रमोद गुप्ता, रामबाबु कुमार यादव, प्रकाश चौगाई , बिनोद बरैई , पारस साह, श्यामगुप्ता, नवलकिशोर सिह, जितेन्द्र सिह, महम्द सफिक अंसारी लगायतका नेताहरुको सहभागिता रहेको थियो । मध्यान्ह १२ बजे देखि २ बजे सम्मको उनीहरुले बिरोध जनाएका थिए ।

यसरी नै पर्साको वीरगन्जमा रहेको जिल्ला निर्वाचन कार्यालयमा पनि मधेशीमोर्चाका नेता कार्यकर्ताहरुले मंगलबार धर्ना दिएका छन् । उनीहरुले निर्वाचनको बिरोध गरेका छन् तर आफूहरुले केन्द्रीय नीति अनुसार जिल्लामा बिरोध जनाएको बताएका छन् ।

 

हाम्रा सहकर्मी शिवहरीप्रसाद भट्टराई का अनुसार संविधान संशोधन नभएसम्म चुनावमा सहभागि नहुने र हुन पनि नदिने भन्दै आन्दोलनरत संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले मंगलवार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गर्नुका साथै जिल्ला निर्वाचन कार्यालय घेराउ गरी कामकाज ठप्प पारेका छन् ।

 

स्थानीय शिवमन्दीर प्रांगणवाट सरकार, प्रतिपक्षि एमाले र निर्वाचन विरुद्ध नाराजुलुस गर्दै नगर परिक्रममा गरेका थिए । नगरपरिक्रमा पश्चात जुलुस निर्वाचन कार्यालयको मुल गेटमा पुगी धर्ना र घेराउ कार्यक्रममा परिणत भएको थियो ।

मोर्चाका कार्यकर्ताहरु पाल टाँगेर मुल गेटमै धर्नामा वसेपछि सवै कामकाज ठप्प भएको छ । निर्वाचन कार्यालयको सुरक्षार्थ ब्यापक रुपमा प्रहरी परिचालन गरिएपनि आन्दोलनकारी र सुरक्षाकर्मी दुवैले संयमता देखाएकाले कुनै अप्रिय घटना भने भएन ।

मोर्चा सप्तरीका संयोजक दिनेश यादवले वन्दुकको वलमा सरकारले मधेशको एजेण्डा दवाउन खोजेको भन्दै संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहने र कुनै पनि चुनाव हुन नदिने वताए ।
उनले यथास्थितीमा जवरजस्ति चुनाव गर्न खोजीए सशक्त प्रतिकार गर्ने चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्