आरआरमा स्ववियु चुनाव, हालसम्म १२०० मत खस्यो



काठमाडौंको पदर्शनिमार्गमा स्थीत रत्नराज्य (आरआर) क्यापसमा पटक पटक रोकिदै आएको स्ववियु चुनाव मंगलबार जारी छ ।

मतदान हुनुअघि असन्तुष्ट विद्यार्थीको समूह बिहानैदेखि पदर्शनमा उत्रिएको थियो । प्रहरीले भिडलाई नियन्त्रण गदा गर्दै पनि विद्यार्थी समुहको बीचबाट पेट्रोल बम पनि प्रहार भएको थियो। त्यति खेर बुथमा मतदान जारी थियो।

क्याम्पसमा स्ववियु चुनावका लागि ३ हजार भन्दा बढि मतदाता रहेका छन्। हालसम्म करिब १२०० मत खसेको छ । मतदान कार्यक्रम साँझ ५ बजेसम्म निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्