भक्तपुरमा दूर्घटनामा एकको मृत्यु



भक्तपुर, १४ चैत । भक्तपुर नगरपालिका–११ सूर्यविनायकमा आज एक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

च्यामासिंहबाट काठमाडाँै जाँदै गरेको बा २ ख ३६०६ नम्बरको बसले विपरीत तर्फबाट आइरहेको ना ३५ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पर्साको वीरगन्ज–८ घरभई हाल गोल्डेनगेट कलेजमा अध्ययनरत १९ वर्षीय राहुल साह तेलीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

त्यसैगरी, प्रहरीले सूर्यविनायक नगरपालिका जगातीस्थित विनायक रेष्टुरेष्टमा छापा मारी अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा तीन महिलालाई पक्राउ गरी अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्