ट्र्याक्टरबाट खसेर मृत्यु



चितवन, १३ चैत । पूर्वी चितवनको रत्ननगरमा आज बिहान ट्र्याक्टरबाट खसेर रत्ननगर नगरपालिका वडा नं १२ का २० वर्षीय कोसिस चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगरको सुब्बाचोकबाट डुम्रेचोकतर्फ जाँदै गरेको ना१त ७०८७ नंको ट्र्याक्टरबाट खसेर सोही ट्र्याक्टरमा मजदुरी गर्ने चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्