राष्ट्रपति भण्डारी भारत जाने



सुरेश तामाङ ।
राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जान लाग्नु भएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी बैशाख ४ गते भारत भ्रमणमा जान लाग्नु भएको हो ।

यो भ्रमण उहाँ राष्ट्रपति भएपछिको पहिलो विदेश भ्रमण हो । उहाँले भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण चार वा पाँच दिनको हुने बारेमा निश्चित नभएको राष्ट्रपति कार्यालय स्रोतले बतायो । स्रोतका अनुसार भ्रमणका बेला केही सम्भाव्य सम्झौतामा पनि हस्ताक्षर हुन सक्ने छ ।

गत वर्ष भारत भ्रमणमा जान लाग्दा तत्कालिन प्रम केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रमण रद्ध गरेको थियो । त्यो बेला राष्ट्रपति भण्डारीको भ्रमणको तिथि मिति समेत तय भएको थियो । राष्ट्रपति वनारस पनि जाने भएको छ । वनारसमा रहेको हिन्दु विश्वविद्यालयको कार्यक्रममा पनि उहाँले भाग लिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्