लिच्छबीकालीन अभिलेख भेटियो

470
Shares

ईश्वरराज ढकाल,काठमाडौं
पुरातत्व विभागले लिच्छविकालीन अभिलेख फेला पारेको छ । काभ्रेको नमोवृद्ध नगरपालिका ७ स्थित भकुण्डेवेसीमा सो अभिलेख फेला पारेको हो । विभागका अनुसन्धान अधिकृत मोहनसिह लामाले उत्खननको क्रममा सो अभिलेख फेला पारेको जानकारी दिनुभयो । भकुण्डेवेसीको मूल बजारको बसपार्क चोकबाट दक्षिणपश्चिमतर्फ नेपाली सेनाको व्यारेक जाने स्थान नजिकै सो अभिलेख फेला पारिएको उहाले बताउनुभयो । प्राचीनकालमा पुरातात्विक,ऐतिहासिक एवं धार्मिक महत्वको मन्दिर भएकोमा उचित संरक्षणको अभावमा भग्नावशेषमा परिणत हुन पुगी खुल्ला चौरमा सिउँडी काँढाको घारी भित्र रहेको भग्नावशेषलाई केही वर्ष अगाडी वस्ती विस्तारसँगै स्थानीय समुृदायको पहलमा आधुनिक निर्माण सामग्रीको प्रयोग गरी मन्दिर बनाएर हाल संरक्षण गरिरहेको उहाको भनाई थियो ।

ती थानहरुमध्ये महादेव थानको प्रस्तरको नयाँँ चतुर्मूखी शिवलिङ्ग सहित दुई तहको ढुङ्गाको जलहरीको पूर्व दक्षिणतर्फको पिठमा हालसम्म प्रकासनमा नआएको लिच्छवीकालिन अभिलेख केही अगाडी फेला परेको जानकारी गराउदै त्यसलाई विभागले थप संरक्षण गर्ने योजना बनाएको लामाको भनाई थियो । लिच्छवीकालका शिवदेव द्धितियको पालामा लगभग वि.सं ७५० तिर नै सो क्षेत्रमा मन्दिर स्थापना भएको हुन सक्ने अनुमान गरिएको छ । हाल नेपालमा करिब १ सय ९० वटा लिच्छविकालीन सम्पदा रहेको विभागको भनाई छ ।

Skip This